शीतलहरबाट जनजीवन अस्तव्यस्त

कलैया, ६ माघ । केही दिनदेखि चलिरहेको शीतलहरले गर्दा अत्याधिक जाडो बढन थालेपछि यहाँका जनजीवन प्रभावित बनेको छ । गत पुस १८ गतेदेखि एक्कासि शीतलहर चल्न थालेपछि जाडो बढन गई बालबालिका, वृद्धवृद्धा असहाय, गरिब विपन्न र श्रमिकलाई जीवनयापन गर्न निकै कठिनाइ भइरहेको छ ।

ज्यालादारी, मजदूरी गर्ने बाहेकका मान्छे जाडोका कारण अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कँदा हाटबजार, सरकारी कार्यालय, यतायात समेतमा चलहपहल कम देखिएको छ । यही माघ १५ गतेसम्म विद्यालय कोभिडका कारण बन्द हुने जनाइएको छ । त्यसैगरी मधेस प्रदेशको नामाकरण भएको खुसीयालीमा प्रदेश सरकारले दुई दिन बिदा दिएको हुँदा पनि कर्मचारीले जडोबाट केही राहत महसुस गरेका छन् । अत्यधिक जाडो बढेपछि सर्वसधारणले ठाउँठाउँमा आगो बालेर जाडो छल्ने गरेका छन् भने जिल्लाको १६ स्थानीय तहमा रहेको विपद व्यवस्थापन समितिले न्यानो कपडा कम्बल वितरण गर्दै ठाउँ ठाउँमा आगो ताप्ने प्रबन्धसमेत मिलाएको सिम्रौनगढ नगरपालिकाका प्रमुख विजयशङ्कर यादवले जानकारी दिए । अहिलेसम्म जाडोका कारण जिल्लामा मानवीय क्षति नभएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति