काठमाडौँ, ६ माघ । देशको पहाडी भू(भागका केही स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले जारी गरेको बुलेटिनअनुसार देशका केही स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।
हाल देशमा पश्चिमी वायुको प्रभावले गर्दा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै पश्चिम र पूर्वी तराई भेगमा हुस्सुरकुहिरो लागेको छ। मधेस प्रदेशमा शीतलहरका कारण जनजीवन प्रभावित भएको छ ।त्यस्तै हिमाली जिल्लाहरूमा पनि चिसोका कारण जनजीवन प्रभावित भएको छ । जुम्लामा माइनस २।५ डिग्री सेल्सियससम्म तापमान कायम भएको छ ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ माघ ०६ गते
दिउँसो : देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति : देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
२०७८ माघ ०७ गते
दिउँसो : देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। हरेक प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति : देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। देशका पहाडी भू(भागका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
२०७८ माघ ०८ गते
दिउँसो : देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।
राति : देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
प्रतिक्रिया