आन्तरिक उडानमा कडाइ

काठमाडौं, माघ ५ । पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमण दर अत्यधिक बढेपछि वायुसेवा सञ्चालक सङ्घ नेपालले आन्तरिक हवाई उडानमा कडाइ गरेको छ ।

सङ्घले आज सूचना जारी गर्दै हवाईजहाजभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, प्रत्येक उडानपछि हवाईजहाज र व्यागेज निसङ्क्रमित गनुपर्ने, चेक इन बोडिङ क्लेम गर्ने स्थान तथा प्रतीक्षालयमा भीडभाड नगर्ने, अनिवार्य रूपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने र हवाईयात्रुले विमानस्थल प्रवेश गर्दा कोभिड–१९ विरुद्धको खोप लगाएको काड वा फोटो बोक्नुपर्नेजस्ता व्यवस्था गरेको छ ।

सङ्घको आज बसेको कार्यसमिति बैठकले कोरोना नियन्त्रणका लागि उक्त निर्णय गर्दै सूचना सार्वजनिक गरेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति