अमेरिकाले अफगानिस्तानलाई कोरोनाविरुद्धको खोप दिने

वासिङ्टन, ५ माघ । अमेरिकाले अफगानिस्तानलाई कोरोना भाइरसविरुद्ध लड्न सहयोगी हुने सामग्रीहरु उपलब्ध गराउने भएको छ ।अफगानिस्तानलाई दिने सहयोग बन्द गरेको अमेरिकाले मानवीय नाताले कोरोनासम्वन्धी सामग्रीहरु उपलब्ध गराउन लागेको हो ।अफगानिस्तालाई अहिले दश लाख खोप उपलब्ध गराउने निर्णय भएको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले कोभ्याक्समार्फत खोप उपलब्ध गराउन लागेको स्पष्ट पारे ।

उपलब्ध गराउन लागिएको खोप मध्ये आठ लाख ४० हजार खोप जोनसन एण्ड जोनसन खोप रहेको पनि उहाँले जानकारी दिए । विदेशमन्त्री एन्टोनीले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै अमेरिकाको सहयोगले अफगानिस्तानका जनतालाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेका छन् ।अमेरिकाले अफगानिस्तानलाई ३० करोड ८० लाख अमेरिकी डलर बरावरको विभिन्न सहयोग गर्ने घोषणा यसअघि नै गरेको थियो ।अफगानिस्तानमा तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरेपछि रुष्ट भएको अमेरिकाले अन्य सहयोग बन्द गरेपनि कोरोना महामारीबाट बचाउन आवश्यक पर्ने केही सहयोग भने गरिरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति