काठमाडौं, ५ माघ । बानेश्वरस्थित कान्तिपुर इन्टरनेश्नल कलेज, बुद्धनगरमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।
कोरोना संक्रमित र संक्रमण नभएका विद्यार्थीलाई एकै ठाउँमा राखेर परीक्षा दिन लगाएको भन्दै आन्दोलनमा उत्रेका विद्यार्थीहरू र प्रहरीबीच झडप भएको हो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज गरेको थियाे । त्यसै क्रममा केही विद्यार्थी घाइते भएकाे छ । प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा पनि लिएको जानकारी दिए । बिएएलएलबीको चौथो वर्षको परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म तोकिएको थियो । स्वास्थ्य मापदण्डको न्यूनतम पालना पनि नभएकाले कलेजको गेटमा तालाबनदी गरेका विद्यार्थीहरुकाे भनाई छ । एक विद्यार्थीका अनुसार कलेजमा स्यानिटाइजर पनि नराखिएको बताए । मंगलबार हिमालयन ह्वाइट हाउस कलेज, पुतलीसडकमा पनि संक्रमित र संक्रमण नभएको विद्यार्थीलाई सँगै राखेर परीक्षा लिइएको भन्दै विद्यार्थीहरुले परीक्षा नै बहिस्कार गरेका थिए ।
प्रतिक्रिया