नेप्स बढ्ने क्रम रोकियोः आज ११ अंकले घट्यो

काठमाण्डौ , ४ माघ । पछिल्लो दिनमा निरन्तर बढिरहेको नेप्से आज घटेको छ । पुस १६ गतेदेखि बढ्न थालेको बजार झण्डै तीन सय अंक उकालो लागेपछि सामान्य घटेको हो ।

नेप्से आज १० दशमलव ७८ अंकले घटेर दुई हजार नौ सय ३६ दशमलव ६६ विन्दुमा पुगेकाे छ । आज उत्पादन समूहको शेयर एक सय ८६ अंकले, विकास बैंकको एक सय ३०, माइक्रो फाइनान्स ८९, फाइनान्स समूह ६९, जीवन बीमा समूह एक सय ९८ र निर्जीवन बीमा समूहको शेयर एक सय ७८ अंकले घटेको छ । बैंकिङ समूहको शेयर भने २२ अंकले बढेको छ । आज एक करोड ६० लाख कित्ता शेयर आठ अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अपी पावर कम्पनीको २८ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भयो । सबैभन्दा धेरै मानुषी लघुवित्त कम्पनीको शेयर पाँच प्रतिशतले घटेको छ । समग्र बजार घट्दा पनि साम्लिङ पावर कम्पनीको शेयर साढे नौ प्रतिशत र मध्ये भोटेकोशी जलविद्युत कम्पनीको शेयर आठ प्रतिशतले बढेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति