काठमाडौं, ४ माघ । छिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा गरी २२ हजार ८२८ जनाको परीक्षण गरिएको थियो । १७ हजार ८७२ जनाको पीसीआर टेष्ट गर्दा ८७३० र १० हजार २५८ जनाको एन्टीजेन परीक्षण गर्दा १५२८ जनामा संक्रमण पुष्टि भएको हो ।
चिकित्सकहरुले माघको तेस्रो सातासम्म संक्रमण उच्च हुने अनुमान गरेका छन् ।२२ हजार ८२८ जनामा गरिएको परीक्षणमा यति धेरै संक्रमित थपिएका हुन् । २४ घण्टाको बीचमा ५६२ जना संक्रमित कोरोना संक्रमणबाट मुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया