बालुवाटारमा गठबन्धनका शीर्ष नेतासहितको बैठक जारी

काठमाडौं, ४ माघ । पाँच दलीय गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सुरु भएको छ।बैठकमा शीर्ष नेताहरुसमेत सहभागी भएको प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । ‘समितिको बैठक हो। गठबन्धनका शीर्ष नेता पनि सहभागी हुनुहुन्छ’ उनले भने, ‘बैठकमा चुनावबारे छलफल हुँदैछ।’

प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेरअघि सुरु भएको बैठकमा आगामी चुनावबारे छलफल जारी छ। स्थानीय तहको निर्वाचन र राष्ट्रियसभा निर्वाचनको रणनीति र संसद्को गतिरोध अन्त्यका विषयमा पनि छलफल हुने बताइएको छ ।यसअघि प्रचण्डसहितका नेताहरूलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि गठबन्धनको बैठक बस्न सकेको थिएन ।

वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने की कात्तिक मंसिरमा एकै पटक तीन तहको निर्वाचन गर्ने भन्नेमा गठबन्धनमा सहमति हुन सकेको छैन ।सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच यही विषयमा छलफल भएको थियो ।स्थानीय तह निर्वाचनको मिति तत्काल तोक्न सरकारमाथि चौतर्फी दबाब परेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति