आज एउटा छलाङ हान्यौं– मोहन वैद्य

काठमाडौं, ३ माघ । नेकपा क्रान्तिकारी माओवादी महासचिव मोहन वैद्य किरणले क्रान्तिकारीहरुको ध्रुवीकरण शुरु भएको बताएका छन् ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालसँग पार्टी एकता गर्न प्रयास गरेपनि उनीहरु एक्लेवीर नेतृत्व भएको बताए । अब पार्टी एकता नभई ध्रुवीकरण गर्ने उनले बताए ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र गोपाल किराती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टीबाट आएका नेताहरुलाई स्वागत गर्दै बैद्यले अघि भने, ‘आज हामीले एउटा छलाङ हान्यौं ।’ क्रान्तिकारी कम्युनिस्टहरु एक ठाउँमा उभिन र संसदवादविरुद्ध नयाँ जनवादी क्रान्ति गर्नुपर्ने भन्दै उनले पुनर्मिलनमा आउन अरुलाई पनि आग्रह गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति