प्रदेश २ को राजधानीका लागि गोप्य मतदान

काठमाडौं, ३ माघ । प्रदेश २ को राजधानीका लागि गोप्य मतदान भएको छ । आइतबार र सोमबारको छलफलपछि सभामुख सरोजकुमार यादवले राजधानीका लागी मतदान गराए ।

राजधानी तथा नामाकरणसम्बन्धी अध्ययन विशेष समितिले प्रतिवेदनमार्फत सभासमक्ष जनकपुर र विरगञ्जलाई राजधानी बनाउने प्रस्ताव गरिएकाे छ । अध्ययन विशेष समितिका सभापति परमेश्वर शाहका अनुसार जनकपुरमा सबै दलको सहमति रहेकाे छ । तर, केही सांसदले व्यक्तिगत रुपमा आफूहरुको अधिकार भन्दै फरक कुरा राखेपछि जनकपुर बाहेकका प्रस्तावलाई पनि प्रतिवेदनमा समेटिएको हो । उनले प्रदेश सभामा बोल्दै भनेका छन्, ‘राजधानी जनकपुरलाई बनाउने सबै दलको प्रस्ताव हो तर बारा–पर्साका सांसदहरुले राजधानी वीरगञ्ज हुनुपर्ने छुट्टै प्रस्ताव गरेका छन् ।’ सभामा बोल्दै सांसद रमेशप्रसाद कुरुङले विरगञ्जकै आन्दोलनले मधेश आन्दोलन भएको भन्दै विरगञ्जलाई राजधानी बनाइनुपर्ने बताएका थिए । तर, अन्य अधिकांश सांसदले जनकपुरलाई नै राजधानी बनाइनुपर्ने बताएका छन् ।

प्रदेश सभाको तत्काल कायम रहेको दुई तिहाइ बहुमत भएमा प्रदेशको राजधानीबारे निर्णय हुने बताएका छन् । मतदानमा दुई तिहाइ नआए प्रस्तावित नामहरु उपर कुनै निर्णय हुने छैन । हाल प्रदेश सभामा १०४ जना सांसद छन् र यसको दुई तिहाइ ७० हुने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति