श्रम मन्त्री श्रेष्ठको पत्रकार सम्मेलन : रद्द कारण यस्तो

काठमाडौं, ३ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सय दिनको उपलब्धि सार्वजनिक गर्ने कार्यक्रम रद्द भएको छ । मन्त्रालयका केही कर्मचारीहरूलाई कोरोना सङ्क्रमण पुष्टि भएकोले सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै पत्रकार सम्मेलन रद्द गरिएको मन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयले भनेको छ– ‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजना गरिएको पत्रकार सम्मेलन मन्त्रालयका केही कर्मचारीहरूलाई कोरोना सङ्क्रमण पुष्टि भएकोले सङ्क्रमणको जोखिमका कारण रद्द गरिएको जानकारी गराइन्छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय कृष्णकुमार श्रेष्ठले सय दिनको अवधिमा सम्पादन गर्नुभएका प्रमुख कार्य र उपलब्धिहरू इमेलमार्फत पठाइनेछ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति