लिभरपुल दोस्रो स्थानमा उक्लियो

काठमाडौँ, ३ माघ । लिभरपुल इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलले घरेलु मैदान एनफिल्डमा ब्रेन्टफोर्डलाई ३-० ले पराजित गरेको हो । जितमा फाविन्हो, एलेक्स अक्सलेड चेम्बरलेन र ताकुमी मिनामिनोले १(१ गोल गरे । ४४औँ मिनेटमा फाविन्होले सुरुआती गोल गरे । ६९औँ मिनेटमा एलेक्सले गोल गर्दा लिभरपुल २-० ले अघि बढ्यो ।

७७औँ मिनेटमा ताकुमीले गोल गर्दा लिभरपुलले सहज जित पार्‍यो ।जितपछि लिभरपुलको २१ खेलबाट ४५ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ । एक स्थान तल झरेको चेल्सीको ४३ अंक छ । शीर्ष स्थानको सिटीको ५६ अंक छ । पराजित ब्रेन्टफोर्ड २३ अंक जोडेर १४औं स्थानमा छ ।अर्को खेलमा ज्याक ह्यारिसनको ह्याट्रिकमा लिड्स युनाइटेडले वेस्ट ह्याम युनाइटेडलाई ३–२ ले पराजित गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति