काठमाडौँ, २ माघ । आइतबार देशभरमा ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भयो । नयाँ संक्रमित मध्ये दुई तिहाइ भन्दा बढी काठमाडौँ उपत्यकाका मात्रै छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १५ हजार १ सय ३१ नमुना (पीसीआर र एन्टिजेन) परीक्षण गरिएको थियो ।
१२ हजार ५ सय ६२ नमुनाको पीसीआर परीक्षण गर्दा ४ हजार ५ सय ३४ र २ हजार ५ सय ६९ नमुनाको एन्टिजेन परीक्षण गर्दा ४ सय २७ जनामा संक्रमण देखिएको छ ।
नयाँ संक्रमित मध्ये ३ हजार ३ सय ४७ जना काठमाडौं उपत्यकाका हुन् ।यो संख्या आइतबार पहिचान भएका कुल संक्रमित ४ हजार ९ सय ६१ दुई तिहाइभन्दा बढी हो । उपत्यकामा पनि सबभन्दा धेरै काठमाडौंका छन् । काठमाडौंमा २,५४५, भक्तपुरमा ३२८ र ललितपुरमा ४७४ जना छन् ।
प्रतिक्रिया