जापानले जारी गरेको सुनामीको चेतावनी रद्द


टोकियो, २ माघ । प्यासिफिक टापु राज्य टोंगामा ज्वालामुखी विष्फोट भएपछि जापानका जारी गरिएको सुनामी चेतावनी खतरा समाप्त घोषणा गर्दै रद्द गरिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।


टोंगामा शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि जापानमा सुनामी आउन सक्ने भन्दै शनिबार मध्यराति यो सूचना जारी गरिएको थियो । स्थानीय समयानुसार आइतबार मध्याह्न १४ः०० बजे सो सुनामी चेतावनी रद्द गरिएको जापान मौसम विज्ञान एजेन्सीले जनाएको छ ।


सुनामीको चेतावनी दिदै देशका आठ प्रान्तका करिब दुई लाख ३० हजार मानिसहरूलाई ठाउँ खाली गर्ने आदेश जारी गरिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति