जोकोभिकको भिसा रद्द गर्ने अष्ट्रेलिया सरकारको निर्णय सदर

मेलबोर्न २ माघ । अष्ट्रेलियाको एक अदालतले टेनिस स्टार नोभाक जोकोभिकको भिसा रद्द गर्ने सरकारी निर्णयलाई सदर गरेको छ । योसँगै उनले अष्ट्रेलियन ओपन टेनिसमा सहभागी हुन नपाउने भएका छन् । आइतबार संघीय अदालतका तीन न्यायाधीशले जोकोभिकको भिसा रद्द गर्ने अध्यागमन मन्त्रीको निर्णय सदर गरेका हुन् । भिसा रद्द गर्ने निर्णय सदर भएसँगै उनलाई अष्ट्रेलियाबाट स्वदेश पठाइने भएको छ । प्रायः स्वदेश फिर्ता गर्ने आदेशपछि कुनै पनि व्यक्ति तीन वर्षसम्म अष्ट्रेलिया प्रवेश गर्न पाउँदैनन् । शुक्रबार अष्ट्रेलियाका अध्यागमन मन्त्री एलेक्स हकले जोकोभिकको भिसा रद्द गरेका थिए । कोभिड–१९ खोप नलगाएका कारण जोखिम उत्पन्न भएको भन्दै उनको भिसा दोस्रो पटक रद्द गरिएको थियो । पहिलो पटक भिसा रद्द गर्ने सरकारको निर्णय अदालतले उल्टाएपछि हकले स्वविवेकीय अधिकारी प्रयोग गरी पुनः उनको भिसा रद्द गर्ने निर्णय गरेका हुन् । भिसा रद्द गर्ने सरकारी निर्णय सदर भएसँगै २१ पटक ग्रान्ड स्लाम जितेर इतिहास रच्ने जोकोभिकको सपनासमेत चकनाचुर भएको छ । उनलाई स्वदेश पठाउनुपूर्व मेलबर्नस्थित अध्यागमनको हिरासत गृहमा राखिने छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board