एकैरातमा ११ पसल चोरी, ताला फोड्न प्रयोग भएका २ सरिया भेटिए

दाङ, २ माघ । दाङको तुलसीपुरमा एकैरातमा ११ पसलमा चोरी भएको छ । तुलसीपुर बजारको सल्यान रोडमा रहेका ११ ओटा किराना पसलमा चोरी भएको प्रहरीले बताएका छन् ।

प्रहरीका अनुसार पसलबाट नगद, रिचार्ज कार्ड, रक्सी लगायतका सामान चोरी भएको बताए । चोरले पौडेल किराना पसल, जुगार एण्ड बुढागाउँ इलेक्ट्रोनिक्स सप्लायर्स, भाग्यलक्ष्मी कन्सर्न, न्यु पञ्चकोसी इन्टरप्राइजेज लगायतका पसलका ताला फोडेका बताएका छन् । प्रहरीले ताला फोड्न प्रयोग गरिएको दुई थान सरिया समेत फेला पारेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले क्षति विवरण सङ्कलन गर्दै अनुसन्धान थालेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति