मन्त्री आलेद्वारा बतासले होटल बनाएको धर्मशालाको निरीक्षण

काठमाडौं, २ माघ । संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले पशुपति क्षेत्रभित्र बतास समुहले चलाइरहेको होटल निरीक्षण गरेका छन् ।

मन्त्री आलेले धर्मशालामा होटेल चलाएको लगायत अन्य ठाउँको निरीक्षण गरेका छन् । उनले धर्मशालाका प्रत्येक कोठा कोठा पुगेर निरीक्षण गरेका छन् । सत्यतथ्य बुझेपछि आवश्यक निर्णय लिइने मन्त्री आलेले बताएका छन् ।पशुपति क्षेत्रस्थित तिलगंगामा भारत सरकारको अनुदानमा बनेको नेपाल भारत मैत्री धर्मशालालाई पशुपति क्षेत्र विकास कोषले होटल बनाउन बतास समुहलाई जिम्मा लगाएको थियो ।

त्यहाँको एक कोठाको मुल्य कम्तिमा सात हजार रहेको छ । बतास समूहले १९ रोपनी जमिन र त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशाला होटल भाडामा लिएको हो। बतासले अहिले त्यहाँ बतास फाउन्डेसनको कार्यालय, ‘भिन्टेज’ गाडीको सोरुम लगायत राखेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति