वर्षभरका लागि समुदायको नेतृत्व चयन गर्दै मनाए थारू समुदायले माघी


काठमाडौँ, १ माघ । तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायले नयाँ वर्षका रूपमा समुदायका लागि नयाँ नेतृत्व गर्दै माघीपर्व मनाएका छन् ।


थारू समुदायले नयाँ वर्षमा स्नान, दान गर्नुका साथै मीठा खानेकुरा खानुका साथै वर्षभर विभिन्न कामको नेतृत्व गर्ने गाउँको अगुवा चुनेरसमेत माघीपर्व मनाउने परम्परा बसालेका छन् । स्थानीयस्तरमा लोकतन्त्रको अभ्यास हुनुअघिदेखि थारू समुदायमा लोकतान्त्रिक विधिबाट मुखियालगायत वर्षभर समुदायबाट नेतृत्व गर्ने विभिन्न पदको चयन हुन्छ ।


परापूर्वकालदेखि थारू समुदायले लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्दै आएका छन् । यो समुदायमा आज गरिएको सहमति अकाट्य हुने मान्यतासमेत छ । यसैले आजका दिन नयाँ नेतृत्व चयन गर्ने परम्परा बसालिएको हो ।


माघ १ गते स्नानको विधि भने सबै क्षेत्र एवं जातिका मानिसमा समानरूपमा रहेको पाइन्छ । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । यसैगरी मगर र छन्त्याल जातिका मानिसले पनि आज नयाँ वर्षका रूपमा माघी पर्व मनाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति