सरकार र मेडिकल कलेज प्रशासनबीच वार्ता

काठमाडौँ, ३० पुस ।  केही दिनदेखि बन्द रहेका नीजि मेडिकल कलेज खुलाउने विषयमा अहिले सरकार र कलेज प्रशासनबीच वार्ता भैरहेको छ । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जारी वार्तामा सरकारको तर्फबाट शिक्षामन्त्री र कलेज प्रशासनबीच छलफल भैरहेको हो ।

वार्तामा निजी मेडिकल कलेजले विगत केही महिनादेखि विद्यार्थीहरूसँग लिइरहेका चर्को शुल्कका विषयमा छलफल भैरहेको बताइएको छ । विगत केही महिनादेखि नेपाल मेडिकल कलेज लगायतले विद्यार्थीहरूबाट चर्को शुल्क उठाएको भन्दै विद्यार्थीहरु आन्दोलनमा छन् ।

वार्तामा शिक्षामन्त्रीसहित शिक्षा राज्यमन्त्री, शिक्षा सचिव, कलेज प्रशासनका प्रतिनिधि, विद्यार्थी प्रतिनिधि, अभिभावक र उपत्यकाका तिनै जिल्लाका प्रमुखहरुको सहभागिता रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति