विश्वभर एक दिनमा ३० लाख ४० हजार कोरोना संक्रमित थपिए, ७ हजारको मृत्यु

काठमाडौँ , ३० पुस । विश्वभर पछिल्लो २४ घण्टामा ३० लाख ४० हजार कोरोना संक्रमित थपिएका छन् । थपिनेमा अमेरिकामा ६ लाख ८० हजार, फ्रान्समा ३ लाख ५ हजार, इटलीमा एक लाख ८४ हजार, स्पेनमा एक लाख ५९ हजार र अर्जेन्टिनामा एक लाख २८ हजार छन् ।यसैगरी बेलायतमा एक लाख ९ हजार, ब्राजिलमा ९७ हजार र जर्मनीमा ९३ हजार र टर्कीमा ७५ हजार थपिएका छन् ।

यही अवधिमा ११ लाख ११ हजार जना कोरोनामुक्त भएका छन् भने ६ हजार ९५९ संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा अमेरिकामा एक हजार ६३३, रुसमा ७४०, पोल्याण्डमा ४८१, बेलायतमा ३३५, इटलीमा ३१६, जर्मनीमा २६१, फ्रान्समा २२५, ब्राजिलमा १९० र टर्कीमा १५३ जना छन् ।कोरोनामुक्त हुनेमा फ्रान्समा ९३ हजार, बेलायतमा ८९ हजार, इटलीमा ८२ हजार, अमेरिकामा ७१ हजार र टर्कीमा ५१ हजार छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board