काठमाडौं, पुस २९ । नेकपा एमालेका जिल्ला अधिवेशन सुरू भएको सातौं दिन बिहीबार साझसम्म २ गैरभौगोलिकसहित ६२ जिल्लाको परिणाम आएको छ ।
प्रदेश २ मा सप्तरी र सिरहा बाहेक ६ जिल्लाको नेतृत्व चयन बाँकी छ भने वागमतीका सिन्धुपाल्चोक र चितवनबाहेक अरु जिल्लाको सकिएको छ ।
गण्डकीका हिमाली जिल्ला मनाङ र मुस्ताङबाहेक सबै जिल्लाको नेतृत्व चयन भएको छ भने लुम्बिनीमा रोल्पा र पुर्वी रुकुमबाहेक अन्यत्र सकिएको छ ।
कर्णालीमा मुगु र हुम्लामा अधिवेशन भएको छैन, दैलेखमा अवरुद्ध छ । सुदूरपश्चिममा हिमाली जिल्ला बझाङको अधिवेशन भएको छैन अन्यत्र नेतृत्व चयन टुंगिएको छ ।
जिल्ला अधिवेशनबाट प्रायः नयाँ अनुहार अध्यक्षमा आएका छन् ।
यी हुन् हालसम्म निर्वाचित ५८ जिल्लाका अध्यक्ष
प्रदेश १
१। झापा – दीपक कार्की
२। मोरङ – ऋषिकेश पोखरेल
३। खोटाङ – रामप्रसाद दंगाल
४। धनकुटा – इन्द्रमणि पराजुली
५। तेह्रथुम – तेजमान कन्दङवा
६ । पाँचथर – राजकुमार भण्डारी
७। भोजपुर – शरणकुमार राई
८। इलाम– महेश बस्नेत
९। सोलुखुम्बु– डुफकुमार बास्तोला
१०। उदयपुर– प्रमेश्वर घिमिरे
११। ओखलढुंगा–शंकर कटुवाल
१२। ताप्लेजुङ – भुपेन्द्रबहादुर थेबे
१३। संखुवासभा– जितबहादु घिमिरे
१४ । सुनसरी – रेवतीरमण भण्डारी
प्रदेश २
१। सप्तरी – ताराकान्त चौधरी
२। सिरहा – बिन्देश्वर मण्डल
वागमती
१। धादिङ – भूमि त्रिपाठी
२। काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु
३। भक्तपुर – बचन देउजा
४। रसुवा – कर्णेल तामाङ
५। रामेछाप – आनन्दकुमार श्रेष्ठ
६। नुवाकोट – बद्री मैनाली
७। मकवानपुर – एकलाल श्रेष्ठ
८। काठमाडौं – दीपक निरौला
९। ललितपुर – पुरुषोतम आचार्य
१०। सिन्धुली – कुमारबहादुर कार्की
११। दोलखा – नरबहादुर श्रेष्ठ
गण्डकी
१। गोरखा – प्रेम गुरुङ
२। तनहुँ – श्रीप्रसाद श्रेष्ठ
३। म्याग्दी – देवेन्द्र केसी
४। लमजुङ – कृष्णप्रसाद अधिकारी
५। बागलुङ – हिराबहादुर केसी
६। पर्वत–राजु पौडेल
७। नवलपुर–मुक्ती पाण्डे
८। स्याङ्जा – सूर्य प्रसाद गैरे
९। कास्की– मनबहादुर गुरुङ
लुम्बिनी
१। पाल्पा – धनेन्द्रराज घिमिरे
२। गुल्मी – बालकृष्ण काउछा मगर
३। अर्घाखाँची – पिताम्बर भुसाल
४। बाँके – किस्मत कुमार कक्षपती
५। बर्दिया – लालबहादुर श्रेष्ठ
६। दाङ – हुकुमबहादुर बस्नेत
७। रुपन्देही – तेजेन्द्र केसी
८। कपिलवस्तु – डम्मर शर्मा (निर्वाचित)
९। नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी (निर्वाचित)
१०। प्युठान–बिजयविराज विष्ट
कर्णाली
१। डोल्पा – शेरबहादुर बुढा
२। सल्यान – गोविन्द पुन मगर
३। जुम्ला – शान्तिलाल महत
४। रुकुम – नन्दराम देवकोटा
५ जाजरकोट – खिमबहादुर शाही
६। सुर्खेत – अमृत बिसी
सुदूरपश्चिम
१। डडेल्धुरा – प्रकाश साउद
२। बैतडी – सुरेन्द्र पाल
३। डोटी – चक्र मल्ल
४। कैलाली – रतन थापा
५। दार्चुला – प्रेमसिंह धामी
६। बाजुरा – कालीबहादुर शाही
गैरभौगोलिक जिल्ला
१। मजदूर विशेष – जितेन्द्र श्रेष्ठ
२। पेशागत विशेष – उमेश ढकाल
प्रतिक्रिया