स्याङ्जामा नागरिकताको सिफारिसमै घुस !


स्याङ्जा, २९ पुस :
नेपाली नागरिकले जन्मका आधारमा नागरिकता पाउने कानूनी प्रबन्ध छ । नागरिकता पाउने नेपाली नागरिकको जन्मसिद्ध अधिकार हो । नागरिकताको सिफारिसका लागि स्थानीय निकायले केही सामान्य शुल्क तोकेको हुन्छ ।

स्याङ्जा जिल्लाको एक नगरपालिकाका वडाध्यक्ष र वडा सदस्यले नागरिकता बनाइदिन्छु भनी रु एक लाख ३५ हजार घुस लिएको फेला परेको छ । स्याङ्जाको भिरकोट नगरपालिका–९ का वडाअध्यक्ष भीमबहादुर गुरुङ र वडा सदस्य कुलबहादुर गुरुङले सेवाग्राहीसँग नागरिकता बनाइदिन्छु भनेर घुस लिएको पाइएको हो ।

वडाध्यक्ष भीमबहादुरले आर्थिक प्रलोभनका आधारमा परी दोहोरो नागरिकता बनाउन झुठो विवरणका आधारमा बद्नियत तरिकाले गलत सिफारिस गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगले आज वडाध्यक्ष भीमबहादुरविरुद्ध बिगोअनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो । 

–––

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति