काठमाडौं, २९ पुस । महाराजगञ्जस्थित टिचिङ अस्पतालका ६० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिए बताएका छन् ।
अस्पतालका निर्देशक डाक्टर दिनेश काफ्लेका अनुसार चिकित्सक, आवासीय चिकित्सक, नर्स र अन्य कर्मचारी गरेर ६० जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको बताए । उनले अहिले पोजेटिभ आएका सबै स्वास्थ्यकर्मी होम आइसोलेसनमा रहेको जानकारी दिए । ती मध्ये एक जनालाई भने वार्डमा भर्ना गरिएको छ । स्वास्थ्यकर्मी धमाधम संक्रमित हुन थालेपछि अस्पतालको सेवा प्रभावित भएको निर्देशक काफ्लेले जानकारी दिए । “धेरै स्वास्थ्यकर्मी संक्रमित हुन थालेपछि अन्य सेवासमेत प्रभावित भएको छ । आजै पनि हामीले खाली भएको ठाउँहरूमा कसरी ड्यूटी मिलाउने भनेर छलफल गरेका छौं।”
उनले अहिले अस्पतालमा संक्रमणको जोखिम बढेसँगै भर्ना हुन आउने विरामीमध्ये शंकास्पदलाई होल्ड गरेर राख्न थालिएको बताए । होल्ड गरिएका विरामीको पिसिआर नेगेटिभ आएको अवस्थामा मात्र नन्-कोभिड वार्डमा पठाइने, अन्यथा संक्रमण पुष्टि भए कोभिड वार्डमा राखेर उपचार गर्ने गरिएको निर्देशक काफ्ले बताएका छन् । स्वास्थ्यकर्मीहरू उच्च जोखिम रहेको औल्याउँदै सरकारले माघ पहिलो सातादेखि स्वास्थ्यकर्मीलाई बुस्टर डोज दिने तयारी गरेको समेत बताए ।
प्रतिक्रिया