लोकसेवा र कर्मचारी समायोजनसम्बन्धी मुद्धा हेर्दा हेर्दैमा

काठमाडौँ, २९ पुस ।  निजामती कर्मचारी भर्ना,पदपूर्ति र कर्मचारी समायोजनसम्बन्धी मुद्धाको सुनुवाई हेर्दा हेर्दैमा राखिएको छ । लोकसेवा आयोगलाई विपक्षी बनाएर दायर गरिएका २४ थान रिटलाई एकै ठाउँमा राखेर सुनुवाई प्रारम्भ भए पनि सुनुवाई नसकिएका कारण हेर्दा हेर्दैमा राखिएको हो ।विगत चार महिनादेखि पेशी सारिदैं आएको सो मुद्धा आज सर्वोच्च अदालतको पूर्ण इजलाशमा राखेर सुनुवाई भएको थियो ।

आज न्यायधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल,नहकुल सुवेदीको पूर्ण इजलाशमा राखिएको सो मुद्धाको सुनुवाई नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो ।लोकसेवा आयोग र कर्मचारी समायोजनसँग जोडिएका विभिन्न २४ थान मुद्धालाई एकै ठाउँमा राखेर आज सुनुवाई प्रारम्भ भएको थियो ।

शिवहरी दाहाल,अनमोल भट्टराई ,इन्द्र कमल शिवाकोटी,रजिया चौधरी,दिनेश कुमार मण्डल,नविन गौतम लगायतले दायर गरेको सो मुद्धाको पटक पटक पेशी सारिँदा कर्मचारीको वृत्ति विकासमा गम्भीर समस्या परिरहेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति