काठमाडौं, २९ पुस । सप्ताहको अन्तिम दिन बिहीबार नेप्सेमा उच्च अंकको सुधार भएको छ । बुधबार ३० अंकले घटेको नेप्से बिहीबार ५४.१२ अंकले बढेको छ । नेप्से परिसूचक ५४ दशमलव १२ अंकले बढेर २ हजार ८ सय ५७ दशमलव ७५ अंकले बढेको छ ।
नेप्से बढे पनि शेयर कारोबार रकम भने घटेको छ । बुधबार ८ अर्ब माथिको शेयर कारोबार भएकोमा बिहीबार ७ अर्ब पनि पुग्न सकेन । दिनभर भएका करिब ६६ हजार कारोबारबाट २२४ कम्पनीका १ करोड १६ लाख कित्ता शेयर किनबेच भएको छ । जसअनुसार कारोबार रकम ६ अर्ब ६६ लाख ९७ हजार रुपैयाँ माथिको शेयर कारोबार भएको छ ।
COMMENTS