भारतमा एकै दिन साढे २ लाखलाई कोरोना : त्यावश्यकबाहेक सबै निजी

काठमाडौं, २९ पुस ।  भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण संक्रमण तीव्र हुँदै गएको छ । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ४७ हजार ४ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो बुधबारको भन्दा २७ प्रतिशत बढी हो । बुधबार १ लाख ९४ हजार ७ सय २० जनामा संक्रमण देखिएको थियो ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म ५ हजार ४ सय ८८ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको छ । महाराष्ट्रमा सबैभन्दा बढी १ हजार २ सय ८१ जनामा ओमिक्रोन पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा सबैभन्दा बढी महाराष्ट्रमा ४६ हजार ७ सय २३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै राजधानीसमेत रहेको दिल्लीमा थप २७ हजार ५ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ ।त्यस्तै पश्चिम बंगालमा २२ हजार १ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै कर्नाटकमा २१ हजार ३ सय ९० जना‚ केरलामामा १२ हजार ७ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी नेपालको सीमावर्ती राज्य बिहारमा पछिल्लो २४ घण्टामा ६ हजार ४ सय १३ जनामा संक्रमण देखिएको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा ३७९ जनाको मृत्यु भएको छ भने ८४ हजार ८ सय २५ जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या ११ लाख १७ हजार ५३१ रहेको छ ।संक्रमण बढेसँगै भारतका विभिन्न राज्यमा कडा स्वास्थ्य मापदण्ड लागू गरिएको छ । दिल्लीमा अत्यावश्यकबाहेक सबै निजी कार्यालय बन्द गराइएको छ भने रेस्टुरेन्टहरूलाई होम डेलिभरी र प्याकिङको सेवा मात्र सञ्चालन गर्न भनिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board