धादिङमा सडक खन्ने क्रममा पहिरो जाँदा डोजरसहित तीन जना पुरिए

काठमाडौं, २९ पुस । धादिङमा बिहीबार बिहान सुख्खा पहिरो आउँदा तीन जना पुरिएका छन्।जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीका अनुसार रूबीभ्याली गाउँपालिका वडा नम्बर १ पुरू भन्ने स्थानमा बाटो खनिरहेको डोजरलाई सुख्खा पहिरोले पुरेको हो।रूबी भ्याली गाउँपालिकाका अध्यक्ष चेरूङ तामाङका अनुसार डोजरले सडकको ट्र्याक खनिरहेको थियो।

डिएसपी भण्डारीका अनुसार दुई जना अपरेटर र एक जना साइट हेर्ने मान्छे पहिरोमा पुरिएका छन्। बिहान साढे सात बजेतिर पहिरो खसेको स्थानीयले बताएका छन्।‘हाम्रो नजिकको युनिट घटनास्थलतिर गइसकेको छ। प्रहरी टोलीलाई जान अझै केही घन्टा लाग्छ,’ डिएसपी भण्डारीले भने,‘अहिले पनि माथिबाट ढुंगाहरू खसिरहेकाले स्थानीयले पनि पुरिएकाको उद्धार गर्न नसकेको भन्ने खबर छ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति