काठमाडौं, २८ पुस । ढाकाको आईएफआईसी बैंकको सेयर खरिद बिक्रीमा विवाद भएपछि अदालतले प्रक्रिया रोकेको छ । नेपाल बङ्गलादेश बैंकमा रहेको आईएफआईसी बैंकको सेयर खरिद बिक्री प्रक्रिया रोक्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।
अदालतको आदेशपछि नेपाल बङ्गलादेश बैंकको ४१ प्रतिशत सेयर बिक्री रोकिएको हो ।
आईएफआईसी बैंक करिब ४१ प्रतिशत सेयर विनोद चौधरी अध्यक्ष रहेको चौधरी समूहले खरिद गर्न लागेको थियो ।सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले दायर गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतले पौष २७ गते आदेश दिँदै सेयर बिक्री गर्ने कार्य नगर्न नगराउन भनेको छ । अदालतले ७ दिनभित्रमा नेपाल बङ्गलादेश बैंकलाई लिखित जवाफ पेश गर्नसमेत आदेश दिएको छ ।
आईएफआईसी बैंकले ४१ प्रतिशत सेयर ९ महिनाअघि दुगड समूहलाई बिक्री गर्ने सम्झौता गरेको थियो । बङ्गलादेश बैंकको प्रमोटर सेयर प्रतिकित्ता १५७ रुपैयाँमा बिक्री गर्न सहमति समेत भएको थियो ।
६ अर्ब रुपैयाँ दुगडले सेयर किन्न लागेका थिए ।दुगडले सम्झौता गरे अनुसार आईएफआईसी बैंकलाई सम्पर्क गर्न खोज्दा सकेका थिएनन् ।दुगडले आफूसँग सम्पर्कमा नआएर चौधरी समूहसँग सेयर बिक्रीको सम्झौता भएको सूचना पाएपछि अदालतसम्म पुगेका थिए ।दुगडले किन्न लागेको आइएफआइसीको ६ अर्ब रुपैयाँको प्रमोटर सेयर चौधरी समूहले लिन खोजेको थियो ।
प्रतिक्रिया