शेयर बजार साढे ३० अङ्कले घट्यो, कारोबार रकम भने वृद्धि

काठमाण्डौ, २८ पुस । यो हप्ता लगातार बढेको शेयर बजार आज बुधवार भने घटेको छ । आज शेयर बजार ३० दशमलव ५१ अङ्कले घटेर दुई हजार आठ सय तीन दशमलव ६२ विन्दुमा झरेको छ ।

व्यापार, उत्पादन र लगानीबाहेक अरू सबै समूहको शेयर घटेको छ । निर्जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै दुई सय ६६ अङ्कले घटेको छ । त्यस्तै जीवन बीमाको शेयर एक सय ९, विकास बैंकको शेयर एक सय २२, होटल तथा पर्यटनको शेयर ७८ र अन्य समूहको शेयर ७६ अङ्कले घटेको छ । शेयर बजार घटे पनि कारोबार रकम भने बढेको छ । आज दुई सय २९ वटा कम्पनीको एक करोड ६१ लाख कित्ता शेयर आठ अर्ब तीन करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बङ्गलादेश बैंकको २८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

त्यस्तै हिमालय ऊर्जा विकास कम्पनीको शेयर सबैभन्दा धेरै ६ दशमलव २१ प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि कर्पोरेट डेभलपमेन्ट बैंक र निफ्राको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board