सिंहदरबार प्रवेशमा कडाइ, यसअघि जारी सबै पास खारेज (कारण यस्तो)

काठमाडौं, २८ पुस । कोरोनाभाइरसको संक्रमण बढेसँगै गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ। बुधबार एक सूचना जारी गर्दै कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टलाई मध्यनजरमा राख्दै सिंहदरबार प्रवेश गर्न कडाइ गरेको हो। सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालय लगायतबाट जारी सबै प्रकारका पास, अस्थायी परिचयपत्रहरू खारेज भएको गृह मन्त्रालयले जनाएको छ।

नयाँ स्थायी, अस्थायी पास तथा परिचय पत्र जारी गर्नुपरेमा आवश्यकता हेरी सम्बन्धित निकायले सिफारिस गर्ने तर गृह मन्त्रालयको पूर्वसहमति लिनुपर्ने भनिएको छ। त्यस्तै सरसफाइसँग सम्बन्धित व्यक्तिहरूको हकमा भने पहिलेकै पास-परिचयपत्रबाट प्रवेश दिइनेछ। पत्रकारहरूको हकमा भने सूचना विभागको परिचयपत्रको आधारमा मात्रै प्रवेश गराउने मन्त्रालयले जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति