डेल्टा भेरियन्ट भन्दा कम खतरनाक ओमिक्रोन

मेक्सिको सिटी, २८ पुस । मेक्सिकोका स्वास्थ्य अधिकारीहरुले यहाँ फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट त्यति शक्तिशाली नरहेको जनाएका छन् ।

स्थानीय अधिकारीहरुले मेक्सिकोमा फैलिएको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्ट भन्दा कम खतरनाक भएको पाइएको बताएका हुन् । उनीहरुले ओमिक्रोन भेरियन्ट फैलिएको अवस्थाको अध्ययन गर्दा यस्तो पाइएको बताएका छन् । परीक्षणका आधारमा यस्तो अवस्था पाइएको मेक्सिकोको स्वास्थ्य विभागका उपप्रमुख ह्युगो लोपेजले जनाएका हुन् । मेक्सिकोमा पनि पछिल्ला केही हप्तामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट द्रुत गतिमा फैलिएको छ । (एजेन्सी)

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति