सुनको मूल्य बढ्यो

काठमाडौँ, २८ पुस । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको हो ।

त्यसैगरी चाँदीको मूल्य पनि आज प्रतितोला रु पाँचले बढेको छ । महासङ्घका अनुसार मूल्य बढेसँगै छापावाल सुन प्रतितोला रु ९२ हजारमा कारोबार भएको छ । तेजावी सुन तोलाको रु ९१ हजार ५०० पुगेको छ । चाँदी प्रतितोला रु एक हजार २३५ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति