काठमाडौं, २८ पुस । सरकारले कोरोनाभाइरस (कोभिड–१९ ) को नया भेरियन्ट ओमिक्रोन तीव्रगतिमा फैलन सक्ने आंकलन गरेको छ । ओमिक्रोनबाट ४० प्रतिशत नागरिक संक्रमित हुनसक्ने अनुमानसहित त्यही आधारमा स्वास्थ्यका पूर्वाधार तयारी अवस्थामा राखेको मन्त्रालयको एक स्रोतले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले पनि अझै संक्रमितको सङ्ख्या तीव्रगतिमा बढ्न सक्ने दावी गरेका छन् । सरकारले कोरोना महामारीको तेस्रो लहर भनेर घोषणा नगरेपनि पछिल्ला केही दिनयता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । मंगलबार देशभर २४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो एक साताको तथ्यांक केलाउँदा संक्रमितको सङ्ख्या तीव्र गतिमा बढ्दै गएको देखिन्छ ।
गत बुधबार १२ हजार ४ सय ९८ वटा कोरोना परीक्षण गर्दा ३२६ जनामा कोरोना पुष्टि भएको थियो । यस्तै, बिहीबार ५४० जनामा संक्रमण पुष्टि भयो भने शुक्रबार संक्रमितको सङ्ख्या बढेर ९६८ जना पुग्यो । यस्तै, शनिबार ९४४ जना संक्रमित हुँदा आइतबार संक्रमितको बढेर ११ सय ६९ पुग्यो भने सोमबार १४ सय ४५ जनामा पुष्टि भएको तथ्यांकमा उल्लेख छ ।
नेपालमा हालसम्म २७ जना कोभिड–१९ को ओमिक्रोन भेरियन्ट पुष्टि भइसकेको छ । यद्यपि एक सातायता भेटिएका संक्रमित मध्ये धेरैलाई डेल्टा भेरियन्ट पुष्टि भएको उनको भनाइ छ । संक्रमितमध्ये धेरै जनामा डेल्टा भेरियन्ट पुष्टि भएपनि छिमेकी राष्ट्र भारतमा ओमिक्रोन भेरियन्ट पुष्टि भइरहेकाले संक्रमण फैलने जोखिम उच्च रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । पछिल्लो समय भारतबाट नेपाल फर्किने नेपालीहरुको संख्या वृद्धि हुँदै गएकाले पनि संक्रमणको उच्च जोखिम बढेको हो ।यता अमेरीका रहनुभएका जीवाणु वैज्ञानीक सुदिप खड्काले नेपालमा कोरोना ओमिक्रन भेरियन्ट समुदायमा पुगिसकेको हुदाँ अझै पनि खोप नलगाएका थुप्रै व्यक्ति समाज मा रहेको बताउदै कतिपय जोखिम समूह का व्यक्तिलाई खोप लगाएको धेरै समय भएको हुँदा उनिहरुमा पनि गम्भीर लक्षण देखा पर्न बताउछन् । उनका अनुसार पहिलेको जस्तो उपचारको अभाव मा ज्यान गुमाउने स्थिति नरहोस् भन्ने सुनिश्चित गर्न अक्सिजन, लगायत का आधारभूत आवश्यकताको जोहो गर्न स्वास्थ्य सेवा प्रदायक लाई चनाखो हुनुपर्ने बताउछन् ।
पछिल्ला केही दिनयता कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै अस्पतालमा तुलनात्मक रुपमा संक्रमितको सङ्ख्या पनि बढ्दै गएको उनले बताए ।
खोप लगाउनेको तथ्यांकलाई हेर्ने हो भने हालसम्म ७६.५ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् भने पूर्ण मात्रा ५६.९ प्रतिशतले लगाएका छन् । यो आधारमा स्वास्थ्य मन्त्रालय संक्रमितको सङ्ख्या बढेपनि जटिल अवस्थाका बिरामीले कम हुने आंकलन गरेको छ । संक्रमित मध्ये ५ प्रतिशतलाई मात्रै स्वास्थ्यमा जटिल अवस्था सृजना हुने सक्ने मन्त्रालयले आंकलन गरेको छ । सरकारले १८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार १६४ नागरिकलाई पुस मसान्तसम्ममा कोरोनाविरुद्धको खोप दिने लक्ष्य राखेको छ ।
कोरोना संक्रमण पहिचान, उपचार र नियन्त्रणका लागि सरकारले यही पुस महिनादेखि आगामी भदौ महिनासम्मका लागि ¥यापिट एक्सन प्लान लागू गरेको छ । मन्त्रालयकी प्रवक्ता डा।संगिता कौशल मिश्राका अनुसार ¥यापिट एक्सन प्लानमा सीमा नाकामा कडाइ र कसरी व्यवस्थापन गर्ने, अस्पतालको व्यवस्थापन र अक्सिजनको सहज उपलब्धताका सम्बन्धमा योजना समेटिएका छन् । यस्तै स्थानीय तहसँग होल्डिङ सेन्टर र आइसोलेशन बनाउन समन्वय गर्ने तथा खोप उपलब्धताका सम्बन्धमा पनि आवश्यक योजना बनाइएको छ ।उनका अनुसार हालसम्म ५ वटा लिक्विड अक्सिजन प्लान्ट स्थापना भएको छ ।
ती प्लान्टको अवस्थाबारे पनि ¥यापिड एक्सन प्लान अन्तर्गत राखेर स्वास्थ्य मन्त्रालयले काम गरिरहेको उनले सुनाइन् । मन्त्रालयका अनुसार पहिलो लहरको तुलनामा दोस्रो लहरमा स्वास्थ्य पूर्वाधारहरुको सुधार गरिएको थियो । अब ओमिक्रोन भेरियन्टसँग जुध्नका लागि आइसोलेशन, बेड, एचडियू, आइसियू, भेन्टिलेटर, अक्सिजन, सिलिन्डर, अक्सिजन प्लान्ट लगायतका स्वास्थ्य पूर्वाधार थप गरिएको छ । जसमा काठमाडौं उपत्यकामा आइसोलेन बेड २४ सय ९४ तयारी अवस्था राखिएको छ भने एचडियू ३२४ वटा, आइसीयू ४४५, भेन्टिलेटर २५४ रहेको मन्त्रालयले जनाएको छ ।यस्तै, नेपालभर ८ हजार २०२ आइसोलेशन बेड रहेको छ । एचडियू बेड ३८ सय ४६ बेड तयारी अवस्था रहेको छ भने आइसीयू २७ सय ९७ वटा छ । यस्तै देशभरका अस्पतालमा भेन्टिलेटर १ हजार ८ वटा छ । अक्सिजन सिलिन्डर १३ हजार ९३९ वटा तयारी अवस्थामा राखिएको छ । अक्सिजन प्लान्ट बढाएर १०७ पु¥याइएको मन्त्रालयको भनाइ छ । अक्सिजन ट्यांकी २५ वटा रहेका मन्त्रालयले जनाएको छ ।
COMMENTS