पत्रकारितामा विश्वसनीयताको सङ्कटः एमाले सदस्य बाँस्कोटा

काभ्रेपलाञ्चोक, २८ पुस । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले पत्रकारितामा विश्वसनीयताको सङ्कट पैदा हुँदै गएको बताएका छन् । प्रेस चौतारी नेपाल काभ्रेको सातौं अधिवेशनलाई आज धुलिखेलमा सम्बोधन गर्दै उनले विश्वसनियताको सङ्कटले पत्रकारिताको महत्व घट्दै गइरहेको छ भने । उनले भने “नेपालमा निष्पक्ष पत्रकारिताको खाँचो पर्दै गयो, छिमेकी भारतभन्दा पुरानो इतिहास बोकेको नेपाली पत्रकारितामा निष्पक्षता क्षीण बन्दै गएकोमा ग्लानी हुन थालेको छ । ”

कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य चन्द्र लामा, एमालेका काभ्रे जिल्लाअध्यक्ष अशोक ब्याञ्जू, प्रेस चौतारीका वरिष्ठ उपाध्यक्ष माधव नेपाल, अर्का केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, नेपाल पत्रकार महासङ्घका जिल्लाध्यक्ष बद्रिराज तिमल्सिना, महासङ्घ पूर्व अध्यक्ष भोजराज तिमल्सिना, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष कपिल कोइराला, प्रेस सेन्टर नेपालका जिल्लाध्यक्ष रोजन तामाङलगातले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति