विश्वभर एकै दिन २७ लाख बढी कोरोना संक्रमित थपिए

काठमाडौँ, २८ पुस । विश्वभर हालसम्मकै सर्वाधिक कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा २७ लाख ११ हजार ७०६ जना कोरोना संक्रमित फेला परेका हुन् ।

थपिनेमा अमेरिकामा ६ लाख २५ हजार, फ्रान्समा ३ लाख ६८ हजार, इटलीमा २ लाख २० हजार, स्पेनमा एक लाख ३५ हजार, अर्जेन्टिनामा एक लाख ३४ हजार र बेलायतमा एक लाख २० हजार जना छन् ।यही अवधिमा ९ लाख २३ हजार जना कोरोनामुक्त भएका छन् भने ७ हजार ७५८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकाका २ हजार १०७, रुसका ७८३, बेलायतमा ३७९, फ्रान्समा ३४१, इटलीमा २९४ र टर्कीमा १३७ जना छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति