नेप्सेमा उच्च अङ्कको वृद्धि, पाँच कम्पनीमा सकारात्मक सर्किट

काठमाडौँ, २७ पुस । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ४९।१९ अङ्कले वृद्धि भई दुई हजार ८३४।१३ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६।३४ अङ्कले बढेर ५२८।८७ मा पुगेको छ । कारोबार भएकामध्ये आज १७० कम्पनीको शेयर उकालो लागेको छ भने १९ कम्पनीको शेयर ओरालो लाग्दा एक कम्पनीको शेयर मूल्यमा भने कुनै उतारचढाव आएन । कूल एक करोड १९ लाख ७० हजार २१५ कित्ता शेयर रु ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार १९७ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब तीन अर्ब ७६ करोड ५८ लाख ४२ हजार २७ बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा आज पनि अपि पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १६ करोड ८३ लाख २२ हजार ६९५ बराबरको कारोबार भयो ।

यस्तै, गुर्खाज फाइनान्स रु १६ करोड २६ करोड ७२ लाख ६२४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १५ करोड ६४ लाख तीन हजार ७७९, नेपाल दूरसञ्चार कम्पनी रु १३ करोड ८२ लाख ५२ हजार ५६५ र नेपाल पुनरबीमा कम्पनी रु ११ करोड ५९ लाख २३ हजार बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए । नेप्सेका अनुसार आज विभिन्न पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र मध्यभोटेकोशी जलविद्युत् कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । सिभिल लघुवित्त ९।९२ र न्यादी हाइड्रोपावरका लगानीकर्ताले ९।७९ प्रतिशतले कमाए ।

यसैगरी, माउण्टेन इनर्जी नेपाल ३।५२, नेपाल एसबिआई बैंक २।०१, शिवम् सिमेन्ट १।४९ र एनएमबी ५० का लगानीकर्ताले १।३१ र रुरु जलविद्युत् परियोजनाका शेयरधनीले १।२५ प्रतिशतले गुमाए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति