मेक्सिकोका राष्ट्रपति अन्ड्रेस फेरि कोरोना सङ्क्रमित

मेक्सिको सिटी, २७ पुस । मेक्सिकोका राष्ट्रपति अन्ड्रेस मान्युल लोपेज ओर्बाडोर कोरोनाभाइरसबाट फेरि सङ्क्रमित भएका छन् । उनी अहिले दोस्रो पटक सङ्क्रमित भएकाे राष्ट्रपतिको कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

उनलाई सामान्य लक्षण देखिएको र शंका लागेर परीक्षण गर्दा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको बताएका छन् । सङ्क्रमण पुष्टि भएसँगै राष्ट्रपति अन्ड्रेस आइसोलेसनमा बसेका छन् । तर उनले आफ्नो काम भने आइसोलेसनबाटै पनि गर्ने जनाइएको छ । भर्चुअल माध्यमबाट गर्न मिल्ने काम भर्चुअल माध्यमबाटै गर्ने उनले बताए । गत सोमबार पत्रकार सम्मेलन गरेपछि उनलाई सङ्क्रमण भएको जनाइएको छ ।

पत्रकार सम्मेलनहरू भने गृहमन्त्री अडान औगुस्टो लोपेजले गर्ने तय भएको छ । उनले अतिरिक्त खोपसमेत लगाइसकेकाले सङ्क्रमण हुने सम्भावना कम रहेको बताइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board