समाजवादीका अध्यक्ष माधव नेपाललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, २७ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।मंगलबार आएको रिपोर्ट अनुसार उनीमा संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी आफ्नै निवासमा स्वास्थ्य लाभलिइरहेको सचिवालयले जनाएको छ । कोरोना संक्रमण देशभर बढेको भन्दै सोमबार मात्रै नेता नेपालले एक अपिल जारी गर्दै पार्टीका बैठक तथा भेलाहरू गर्दा स्वास्थ्य मापदण्ड पूरा गरेर मात्रै गर्न निर्देशन दिएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board