सामसुङ सर्भिसमा तालाबन्दी

हेटौंडा, २७ पुस । मकवानपुरले हेटौंडा–४ मा मोबाइल एसोसिएसन अफ नेपाल (म्यान) ले नारायणी महलमा रहेको सामसुङ सर्भिसमा तालाबन्दी गरेकाे छ ।

हिम इलेक्ट्रोनिक्सका बजार प्रतिनिधि उमेश थापाले म्यान मकवानपुरको मानहानी गर्दै सामाजिक सन्जालमा अनावश्यक टिकाटिप्पणी गरेकाले तालाबन्दी गर्नु परेको म्यान मकवानपुरका अध्यक्ष दिनेश लामाले बताए । केही दिन अगाडि थापा र सामसुङ सर्भिसका एक कर्मचारीबीच विवाद भएको थियो । सो विवाद मिलाउन म्यानले दुवै पक्षलाई वार्ता गराएका तर सोही दिन राति थापाले सामाजिक सन्जालमा म्यानको मानहानी हुने किसिमले अनावश्यक टिकाटिप्पणी गरेको म्यान मकवानपुरका अध्यक्ष लामाको भनाइ छ ।

म्यानको मानहानी गर्ने अभिव्यक्ति दिने थापालाई हेटौंडाबाट सरुवा गर्नुपर्ने र सामसुङ कम्पनीले लिखित माफी माग्नुपर्ने आफूहरुको माग रहेको लामाले बताए । तालाबन्दी गर्नुअघि म्यान मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई ध्यानाकर्षण पत्र समेत बुझाएको बताएका छन् । तालाबन्दी कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका तेजराज अधिकारी, व्यवसायी महेन्द्र राउत, म्यान मकवानपुरका पदाधिकारी लगाएत मोबाइल व्यवसायीहरुको सहभागिता रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board