पुर्वराजा ज्ञानेन्द्र शाहले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्‍यार्पण

काठमाडौं, २७ पुस । पुर्वराजा ज्ञानेन्द्र शाहले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्‍यार्पण गरेका छन् ।मंगलबार दिउँसो समर्थकहरुसहित सिंहदरबारको मूलगेट अगाडि पुगेका उनले पृथ्वीनारायणको सालिकमा उनले माल्यार्पण गरेका हुन् ।

उनले माल्यार्पण गरिरहँदा उनका समर्थकहरुले ‘गणतन्त्र मुर्दावाद’ को नारा लगाएका थिए ।राष्ट्रिय झण्डा र पृथ्वीनारायण शाहको तस्वीर अंकित प्लेकार्ड बोकेका उनीहरुले ‘हाम्रो राजा हाम्रो देश, चाहियो चाहियो राजा चाहियो, गणतन्त्र मुर्दावाद, यो व्यवस्था चाहिँदैन’ लगायत गणतन्त्र विरोधी नारा लगाएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति