एमाले जिल्ला अधिवेशनको नतिजा : ४९ जिल्लामा नयाँ नेतृत्व, कहाँ को अध्यक्ष, कुन प्रदेशमा कति ?

काठमाडौँ, २७ पुस ।  एमाले जिल्ला अधिवेशनको नतिजा आउने क्रम जारी रहेको छ । पुस २३ गते उद्घाटन भएको जिल्ला अधिवेशन अन्तर्गत विभिन्न जिल्लामा नेतृत्व चयन भइरहेको छ । अधिकाशं स्थानमा अहिलेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ भने कतिपय स्थानमा प्रतिस्पर्धाका माध्यमबाट नेतृत्व चयन भएको छ । सोमबार पनि कतिपय जिल्लाहरुमा नेतृत्व चयनका लागि चुनावी प्रतिस्पर्धा भइरहेको छ । देशका ६३ जिल्लामा शुक्रबारबाट सुरु भएको अधिवेशनमध्ये अहिलेसम्म परिणाम आएका अधिकांश जिल्लामा सहमतिमा नै नेतृत्व चयन भएको छ । आज बिहानसम्म ४८ जिल्ला र दुई गैरभौगोलिक तर्फको नेतृत्व टुंगिएको हो । नेकपा एमालेका अनुसार अध्यक्ष चयनका भएका कतिपय जिल्लामा अन्य पदमा चुनावी प्रतिस्पर्धासमेत भइरहेको छ । स्वस्थ्य प्रतिस्पर्धाका माध्यमबाट नेतृत्व चयन गर्न भनेपनि कतिपय ठाउ“मा प्यानल नै बनाएर निर्वाचन भइरहेको छ ।

अध्यक्ष चयन भएका जिल्लाहरुमा प्रदेश १ अन्तरगत : १. झापा – दीपक कार्की, २. मोरङ – ऋषिकेश पोखरेल, ३. खोटाङ – रामप्रसाद दंगाल, ४. धनकुटा – इन्द्रमणि पराजुली, ५. तेह्रथुम – तेजमान कन्दङवा, ६. पाँचथर – राजकुमार भण्डारी, ७. भोजपुर –शरण राई, ८. इलाम- महेश बस्नेत, ९. सोलुखुम्बु- डुफकुमार बास्तोला, १०. उदयपुर- प्रमेश्वर घिमिरे, ११. ओखलढुंगा–शंकर कटुवाल

प्रदेश २ : १. सप्तरी – ताराकान्त चौधरी

वागमती प्रदेशको : १. धादिङ – भूमी त्रिपाठी, २. काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु, ३. भक्तपुर – बचन देउजा, ४. रसुवा – कर्णेल तामाङ, ५. रामेछाप – आनन्दकुमार श्रेष्ठ, ६. नुवाकोट – बद्री मैनाली, ७. मकवानपुर – एकलाल श्रेष्ठ, ८. काठमाडौं – दीपक निरौला, ९. ललितपुर – पुरुषोतम आचार्य, १०. सिन्धुली- कुमारबहादुर कार्की, ११. दोलखा- नरबहादुर श्रेष्ठ

गण्डकी प्रदेशको : १. गोरखा – प्रेम गुरुङ, २. तनहुँ – श्रीप्रसाद श्रेष्ठ, ३. म्याग्दी – देवेन्द्र केसी, ४. लमजुङ – कृष्णप्रसाद अधिकारी, ५. बागलुङ- हिराबहादुर केसी, ६. पर्वत–राजु पौडेल, ७. नवलपुर–मुक्ती पाण्डे

लुम्बिनी : १. पाल्पा – धनेन्द्रराज घिमिरे, २. गुल्मी – बालकृष्ण काउछा मगर, ३. अर्घाखाची – पिताम्बर भुसाल, ४. बाँके – किस्मत कुमार कक्षपती, ५. बर्दिया – लालबहादुर श्रेष्ठ ,६. दाङ – हुकुमबहादुर बस्नेत, ७. रुपन्देही – तेजेन्द्र केसी, ८. कपिलवस्तु – डम्मर शर्मा (निर्वाचित), ९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी (निर्वाचित), १०. प्युठान–बिजयविराज विष्ट

कर्णाली : १. डोल्पा – शेरबहादुर बुढा, २. सल्यान – गोविन्द पुन मगर, ३. जुम्ला – शान्तिलाल महत

सुदूरपश्चिम : १. डडेल्धुरा – प्रकाश साउद, २. बैतडी- सुरेन्द्र पाल, ३. डोटी- चक्र मल्ल, ४. कैलाली रतन थापा

गैरभौगोलिक जिल्ला : १. मजदूर विशेष – जितेन्द्र श्रेष्ठ, २. पेशागत विशेष – उमेश ढकाल

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board