शिक्षामन्त्री पौडेललाई कोरोना संक्रमण : प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौँ, २६ पुस । शिक्षा‚ विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडललाई कोरोना संक्रमण भएको छ । मन्त्री पौडेल स्वास्थ्यमा सामान्य समस्या देखिएपछि केहि दिनयता आइसोलेसनमा बसेका थिए ।

आइतबार एन्टीजेन परीक्षणमा नेगेटिभ नतिजा आएपछि सोमबार बिहान आरटी(पीसीआर परीक्षण गर्दा त्यसको नतिजा भने पोजेटिभ आएको मन्त्री पौडेलका प्रेस संयोजक बिमल खड्काले जानकारी दिए ।उनका साथै उनकी श्रीमती तथा नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य बलावती शर्मालाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । अहिले दुवै जना आइसोलेसनमा बसेको खड्काले बताए ।यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, मातृका यादवलगायतका दाहालको सचिवालय र केन्द्रीय कार्यालयका अधिकांश कर्मचारीलाई संक्रमण पुष्टि भएको थियो । दाहालको कन्ट्याक्ट ट्रेसिङमा प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरू र विभिन्न दलका शीर्ष नेताहरू समेत परेका थिए ।

कोरोना संक्रमण पुष्टि हुनुअघि शुक्रबार बिहान दाहाल उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा सहभागी थिए । यसैवीच प्रधानमन्त्री शेरबहादुर देउवाको कोरोना परीक्षणको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । आज गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना देखिएपछि गएको शनिवारदेखि देउवा होम क्वरेण्टीनमा बसेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board