पार्टीका सभा सम्मेलन स्थगित गर्न नेकपा (एस) को निर्देशन

काठमाडौँ, २६ पुस । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले बढी मानिस भेला हुने सभा तथा सम्मेलनहरु स्थगित गर्न निर्देशन दिएका छन् । सोमबार एक अपिलका प्रकाशित गर्दै नेता नेपालले आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रम गर्दा वैकल्पिक विधि अपनाउन समेत आग्रह गरेका छन् ।

‘संक्रमण दर बढ्न नदिन सरकराले जारी गरेको निर्देशनहरु कडाइका साथ पालन गर्नर गराउन पार्टीपंक्तिलाई निर्देशन गरिन्छ,’ अपिलमा भनिएको छ, ‘धेरै व्यक्ति उपस्थित हुने सभा तथा सम्मेलनहरु हाललाई स्थगित गर्न र आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुको आयोजना गर्दा गर्दा सकेसम्म वैकल्पिक अपनाउन समेत निर्देशन गरिन्छ ।

’त्यसैगरी स्वास्थ्य मापदण्ड पालन गरेर मात्रै पार्टीको कार्यक्रम सञ्चालन गर्न मातहतका कमिटीहरुलाई निर्देशन दिएका छन् ।अध्यक्ष नेपालले आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुमा सहभागी हुने नेता तथा कार्यकर्ताहरुलाई कार्यक्रममा मास्क, स्यानिटाइजर प्रयोग गर्न र भौतिक दूरी कायम गरेर मात्रै कार्यक्रम चलाउन भनेका छन् । निर्देशनमा कार्यक्रममा सहभागीलाई थर्मलगन प्रयोग गरेर शरीरको तापक्रम जाँच्न पनि आग्रह गरेका छन् । त्यसैगरी सार्वजनिक स्थलमा भीडभाड नगर्न र कार्यक्रमहरुमा पनि तोकिएको व्यक्तिमात्रै सहभागी हुन समेत निर्देशन दिइएको छ ।

अध्यक्ष नेपालले कोरोनाविरुद्धको खोप नलगाएक व्यक्तिहरुलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेका छन् । नेपालले सोमबार प्रकाशित गरेको विज्ञप्तीमा खोप नलगाएकाहरुलाई आवश्यक सहयोग र उत्प्रेरित गर्ने काममा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।‘एक पटक पनि कोरोना भाइरस विरुद्धको खोप नलगाएका १८ वर्ष माथिका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुलाई नजिकको खोप केन्द्रमा गएर खोप लगाउनु हुन हार्दिक अनुरोध गर्दछु,’ अपिलमा भनिएको छ, ‘त्यसका लागि आवश्यक सहयोग गर्न र खोप लगाउन उत्प्रेरित गर्न सम्पूर्ण पार्टी पङ्ती परिचालन हुन निर्देशन गरिन्छ । ’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति