साताकाे दाेस्राे दिन पनि सकारात्मक, नेप्से वृद्धि हुने क्रम जारी

काठमाडौं, २६ पुस । याे साताको दोस्रो दिन पनि नेप्से सकारात्मक देखिएको छ । आइतबारको जस्तो उच्च अंकले वृद्धि हुन सके तापनि दिनभर तीब्र उचारचढाव देखिएको बजार १९ अंकले बढेर २७ सय ८४ अंकमा पुगेको छ ।

कारोबार रकम ७ अर्ब १२ करोड नाघेको छ । सोमबार धेरै शेयर मूल्य बढ्नेमा हाइड्रोपावर कम्पनीहरु अगाडि देखिएकाे छ । धेरै शेयर मूल्य बढ्नेमा मध्य भोटेकोशी जलविद्युत् आयोजना १० प्रतिशतले बढेर २८५ रुपैयाँमा पुगेको छ । यसैगरी युनियन हाइड्रोपावरको शेयर मूल्य ९।९९ प्रतिशतले बढेर २८५ रुपैयाँ ३० पैसा, कर्पोरेट डेभलपमेन्ट बैंकको ९।९८ प्रतिशतले बढेर ५५ रुपैयाँ पुगेको छ ।

यसैगरी खानीखोला हाइड्रोपावरको ८ प्रतिशतले बढेर ३३० रुपैयाँ पुगेको छ भने हिमालय उर्जा विकास कम्पनीको ८ प्रतिशतले बढेर ४९८ रुपैयाँ, गोर्खाज फाइनान्सको ७ प्रतिशतले बढेर ८२९ रुपैयाँ, रुरु जलविद्युत्को करिब ७ प्रतिशतले बढेर १०४० रुपैयाँ, नेशनल लाइफको पनि करिब ७ प्रतिशतले बढेर १०८० रुपैयाँ, जोशी हाइड्रोपावर कम्पनीको शेयर मूल्य ६।५८ प्रतिशतले बढेर ३४० रुपैयाँ पुगेको छ भने एनएमबी म्युचअल फण्डको शेयर ६ प्रतिशतले बढेर १२ रुपैयाँ ९७ पैसा पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति