संसद अवरुद्धले राष्ट्रिय महत्वका विषय ओझेल परेः कांग्रेस सहमहामन्त्री आङ्देम्बे

ताप्लेजुङ, २६ पुस । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले लामो समयदेखि संसद् अवरुद्ध भइरेकाले कतिपय महत्वपूर्ण काम अघि बढ्न नसकेको बताएका छन् ।

उनले संसद् अवरुद्ध हुँदा केही महत्वपूर्ण विधेयक पारित हुननसकेका साथै विकास निर्माणका विषय पनि ओझेलमा परेको बताए । नेपाल पत्रकार महासङ्घले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सङ्घीय संसद्मार्फत सम्बोधन हुनुपर्ने प्रदेश र स्थानीय तहको विकास निर्माणका कार्यमा समेत अवरोध भइरहेको उल्लेख गरे । यस्तै पछिल्लोपटक देखिएको कोभिडको नयाँ भेरियन्ट नियन्त्रण तथा व्यवस्थापनका लागि समेत संसद् अवरुद्ध हुँदा कठिनाई सिर्जना हुने अवस्था निम्तिएको उनकाे भनाइ छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board