एमालेबाहेक जनताको मन जित्ने अर्को पार्टी छैन : अध्यक्ष ओली

काठमाडौं, २६ पुस ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले उदाउँदो सूर्यका रुपमा आएको बताए । संखुवासभाको खाँदबारीमा एमाले जिल्ला अधिवेशनलाई सोमबार सम्बोधनका क्रममा उनले उक्तकुरा बताएका हुन्। एमालेले देश विकासलाई गति दिएको थियो। तर षड्यन्त्र गरेर सरकारबाट हटाएु, उनले भने, तर अब षड्यन्त्र सधैँ काम लाग्दैन।

प्रतिगामीहरु चुनावमा जान डराइरहेका छन्। यो सरकार लुट्न लागेको छ चुनावतिर जान मान्दैन।उनले २०५९ सालमा जस्तै अहिले पनि चुनाव गराउन नखोजिएको बताएका छन्। एमालेबाहेक जनताको मन जित्ने अर्को पार्टी छैन। एमाले मात्रै हो जनताले भोट दिन लायक पार्टीु, उनले भने, विराटनगर(किमाथाङ्का सडक बनाउन एमाले चाहियो नि१ एमालेले सुरु गरेको हो किमाथाङ्का सडक, त्यसैले विकासका लागि पनि एमाले नै सरकारमा चाहिन्छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति