प्रतिनिधिसभाको बैठक पूनः स्थगित

२६ पुस, काठमाडौं । पुस २८ गते बोलाइएको प्रतिनिधिसभाको बैठक माघ ३ गतेका लागि सारिएको छ ।

संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आज (सोमबार) एक सूचना प्रकाशन गरी पुस २८ गते दिउँसो १ बजे बस्‍ने बैठक विशेष कारणबस माघ ३ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी दिएका छन् ।

पहिले पनि बैठक बस्दै नबसी पुस २८ गतेका लागि सारिएको थियो । त्‍याे भन्दा अघि पनि माओवादी केन्द्रको महाधिवेशनका लागि बैठक स्थगित गर्न माग गरेपछि पुस २२ गतेका लागि गरिएको थियाे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति