खुञ्जेलीलाई ‘बेस्ट फिमेल अवार्ड २०२१’ प्रदान

काठमाडौँ, २४ पुस । मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेली उत्कृष्ट महिला अवार्ड २०२१ बाट सम्मानित भएकी छिन् । काठमाडौंमा विशेष समारोहका बीच आयोजित प्रथम ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२१’ मा सीईओ खुञ्जेलीलाई ‘बेस्ट फिमेल अवार्ड २०२१’ प्रदान गरिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बैंकिङ क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत सिइओ खुञ्जेलीलाई यो अवार्ड प्रदान गरिएको हो । अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै उनले आयोजकहरुलाई धन्यवाद दिइन् । अवार्डबाट आफूले थप जिम्मेवारी बोध गरेको बताउँदै खुञ्जेलीले यसको श्रेय मेगा बैंकका संस्थापक, सर्वसाधारण शेयरधनी, ग्राहकवर्गहरु, कर्मचारी एवं समस्त सरोकारवालाहरुमा जाने बताइन् ।

सीईओ खुञ्जेली नेपालको ‘क’ वर्गको बाणिज्य बैंकको प्रथम महिला सीईओ हुन् । उनकै नेतृत्वमा मेगा बैंकले प्रतिष्ठित ‘बैंक अफ दि एयर अवार्ड २०१९’ समेत प्राप्त गर्न सफल भएको थियो । उनी स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् । स्थापनाको एक दशकमै मेगा बैंक अहिले नेपालकै एक अग्रणी बैंकका रुपमा स्थापित छ ।

सन् १९९१ मा तत्कालीन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट करिअर शुरु गरेकी खुञ्जेलीसँग ३० बर्षको बैंकिङ क्षेत्रको अनुभव छ । यसैगरी काभ्रेको अध्यक्षमा अशोक ब्याञ्जु, भक्तपुरको अध्यक्षमा बचन देउजा, गुल्मीको अध्यक्षमा बालसिंह काउछा, खोटाङको अध्यक्षमा रामप्रसाद दंगाल सर्वसम्मत चयन भए ।

यस्तै मजदुर विशेष जिल्ला कमिटीको अध्यक्षमा जितेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।हालसम्म ६३ जिल्लाको अधिवेशन उद्घाटन भएको छ । जसमध्ये १५ जिल्लामा सर्वसम्मत चयन नेतृत्व चयन भयो भने बाँकी जिल्लामा बन्दसत्र चलिरहेको छ ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार ती जिल्लामा सर्वसम्मत नेतृत्व छनोटका लागि प्रयास भइरहेको छ । अधिवेशन गर्न बाँकी १६ जिल्लाका लागि पनि अधिवेशनको मिति तोकिएको एमाले पार्टी कार्यालय सचिव डा भिष्म अधिकारीले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति