मानव कंकाल फेला पर्यो प्युठानमा

प्युठान, २५ पुस । आज बिहान प्युठानको तिखाचुली सामुदायिक वनमा मानव कंकाल फेला परेको छ ।

गत भदौ १२ गतेदेखि हराएका गौमुखी गाउँपालिका–५ रजवाराका ४२ वर्षीय हिमाल गुरुङको उक्त कंकाल भएको प्रहरीले जनाएको छ । पाइन्ट, टिसर्ट र चप्पलबाट उनको पहिचान गरिएको प्रहरीको भनाइ छ ।घरदेखि अन्दाजी करिब ५ घण्टा पैदल दुरीमा पर्ने वनमा खर काट्न गएको बेला हिमालका २३ वर्षीय छोरा प्रकाशले कंकाल देखेको प्रहरीलाई जानकारी दिएका थिए ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति