लिपुलेक क्षेत्रमा सडक विस्तारको काम रोक्न जनमोर्चाको माग

काठमाडौं, २५ पुस । राष्ट्रिय जनमोर्चाले लिपुलेक क्षेत्रमा भारतीय पक्षबाट भएको सडक विस्तारको काम राख्न माग गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आइतबार विज्ञप्ति जारी गर्दै भारतले सडक विस्तारको कार्य अहिले पनि जारी राखेकोमा घोर विरोध गर्दै नेपाल सरकारलाई तुरुन्तै भारतसँग यो विषयमा कुराकानी गर्न तथा निर्माण कार्य रोक्न माग गरेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्ड राज्यमा अवस्थित हलद्वानीको एउटा सार्वजनिक कार्यक्रममा ,“मानसरोवरसम्म जाने सडक पुर्‍याउनका लागि लिपुलेक क्षेत्रमा सडक विस्तारको काम भई रहेको” भनेर दिएको सार्वजनीक अभिव्यक्तिप्रति सो पार्टीले गम्भीर ध्यानाकर्षण भएको पनि विज्ञप्तिमार्फत जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति